थारु

घरमै बसेर जितिया मनाउँदै थारु महिला

भरतपुर । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका

शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा

कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग संकलन गर्न विद्यालयका शिक्षक सोमलाल सापकोटा अहिले जापानमा रहेका छन् । जापानका विभिन्न शहरमा

१२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि विहीबार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी २५६ जना प्रदेशसभा सदस्यका लागि ८८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार विहीबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी परेको हो । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ ।

५२ बर्षमा साहरुख, जान्नुहोस् उनको जीवनका १० किस्सा

बलिउडका बादशाह शाहरुख खान अहिले बलिउडका ‘एक्लो घोडा’ जस्ता छन् । हरेक उमेरका ब्यक्तिले उनलाई उस्तै प्रेम गर्छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । साहरुखको जन्मदिनको अवसर पारेर वुधबार रातीदेखि नै उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ । साहरुख भने परिवारसँग जन्मदिन मनाउन घर भन्दा बाहिर छन् । साहरुख बलिउडका यस्ता कलाकार हुन्, जो कुनै साथ र सहयोग

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

१५ कात्तिक, काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ । हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी

दोहोरो नागरिकतामा मुछिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री अदालतद्वारा बर्खास्त

१० कात्तिक, काठमाडौं । अष्ट्रेलियाको एउटा अदालतले उपप्रधानमन्त्री बार्नाबी जोयस र अन्य चार राजनीतिज्ञहरुसँग दोहोरो नागरिकता रहेको भन्दै आफ्नो पदका निम्ति अयोग्य ठहर गरेको छ । हाइकोर्ट अफ अष्ट्रेलियाको सो ठहरपछि जोयससहित तीन जनाले कार्यालय छोड्नुपर्ने भएको छ भने अन्य दुई जुलाईमा रिटायर्ड भइसकेका छन् । अष्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका व्यक्तिले चुनाव लड्न नपाउने व्यवस्था गरेको छ । जोयसको बहिर्गमनबाट सरकारले बहुमत गुमाएको छ तर, उनी उपनिर्वाचनबाट फेरि फर्किन