क्षेत्रीय भाषा

डडेल्धुरामा एमाले र कांग्रेसको मल्ल पक्षबीच तालमेल

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा कांग्रेसमा विवाद देखिएको छ । दुई पक्षमा विभाजित भएको कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो । आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ ।

बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत

महेन्द्रनगर । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित अधिकांस नेता, कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् । भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । वडा

नेपाली मुलका झा संगविवाह गर्दै नेहा कक्कड, को हुन् त ती युवा ?

काठमाडौँ । बलिउडकी चर्चित र सुरिलो स्वरकी धनी मानिने गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधीने भएकी छिन् । हालसालै उनको विवाहको बारेमा बलिउडमा एकदमै चर्चा भइरहेको छ । अहिलेको समयमा एकदमै व्यस्त मानिने गायिका नेहाको विवाह चर्चित गायक उदित नारायण झाका छोरा गायक तथा अभिनेता आदित्य नारायण झासँग हुने भएको छ । उनीहरुको विवाह बलिउडको एक रियालिटी शो ‘ ईन्डियन आइडल’ को सेटमा तय भएको हो । उक्त शोको एक

घरमै बसेर जितिया मनाउँदै थारु महिला

भरतपुर । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका

इजाकी सोराइ 

  पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा। मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा। निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा। म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा। मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन

आँज उसोइ छ

हुनु पड्डे बेलि भण्णा निको आज,आँज उसोइ छ। बिकिर्तिले जडो हालेको समाज,आँज उसोइ छ। चिरा फाट्यामी लिप पोत मात्तरै अरेबर काँ होलो हगुल्टा ठोस्या केइन हाल्या माज,आँज उसोइ छ। ठुलाइ मान्छ भया चेउडेनी सकन्ज्या सड्काया। कैखिलाई हो भकारिनोको नाज,आँज उसोइ छ। थाक्किगे सल्लाह रे सुझाव दिना दिना सब सयना माण्णे नै भण्या बोली बरकी लाज,आँज उसोइ छ। नबराज ओझा (दियालो)  बिज्ञान शिक्षक श्री त्रिभुवन मा.बि बोराडाडी कैलाली

स्मरण शक्ति बढाउन जडीबुटी

हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ । जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ । दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा

शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा

कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई

दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज

माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो । ३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको

रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’

आजबाट डार्क कमेडी चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । सोलो रिलिज चलचित्रले मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । यसैले पनि चलचित्रले इनिसियल व्यापार गरेको खण्डमा निर्माताको लगानी ३ दिनमै सुरक्षित हुनेछ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा नायक सौगात मल्ल अभिनित चलचित्रहरु