समाज/अपराध

पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’

तम्घास । गत असार ६ र १८ गते इस्मा गाउँपालिका– १, २, ४ र ६ का विभिन्न ठाउँमा ठूलो पहिरो गयो । पहिरामा पुरिएर वडा नम्बर १ मल्दी र ढाडपाटमा एकएक गरी दुई जनाको ज्यान गयो । गाउँपालिकामा झण्डै डेढ सय घरमा क्षति भयो । तीमध्ये विस्थापित परिवारले स्थायी आवासको माग गरेका छन् । इस्मा– १ हस्तिचौरका तेजबहादुर कुँवरले आफूहरु अहिले टहरा बनाएर अस्थायी आवासमा बसेको जनाई स्थायी आवासको व्यवस्था

हप्तामा दुई दिन न्यायिक इजलास हुने

पोखरा । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ । यसअघि हप्तामा एक दिन मात्रै सञ्चालन हँुदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका सदस्य किशोर बरालले जानकारी दिनुभयो । “कोभिड–१९ का कारण सातामा एक दिन गर्दै आएकामा पछिल्लो समय उजुरीको सङ्ख्या बढ्न थालेपछि दुई दिन इजलास सञ्चालन गर्ने बैठकबाट निर्णय भएको छ”, बरालले भन्नुभयो । उहाँका अनुसार

सामूहिक बलात्कार गर्ने दुई पक्राउ

काठमाडौँ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ

बञ्चरो प्रहार गरी बुहारीको हत्या

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

बलात्कार अभियोगमा चार पक्राउ

गोदावरी । कैलाली, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । उहाँले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताउनुभयो । १५ ट्रयाक्टर नियन्त्रणमा कैलालीमा अवैध रुपमा ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन

चोरीमा संलग्न दम्पती पक्राउ

पोखरा । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लामिछानेले वाइरिङको

बलात्कारको अभियोगमा पुजारी पक्राउ

राँझा । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर ९पुजारी० बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही भदौ १० गते

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा

धनगढीमा वडाध्यक्ष नै पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताउनुभएको छ ।

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा रुप अपनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा