समाचार

सङ्क्रमण अझ बढ्ने स् स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो । उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेसनमा

जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव प्राप्त गर्न सर्लाहीको हरिवनमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य सोच्ने बेला अहिले नरहेको स्पष्ट पार्नुभयो । उहाँले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा

प्रदेश नं ५ मा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क

रुपन्देही । प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७७÷७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न तथा प्रदेशस्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

कर्णाली । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो । हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले

प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप

रौतहट । साथीको हत्या काण्डमा संलग्न रहेका आरोपमा पक्राउ परेका सातमध्ये एक जनाको मृत्युु भएको छ । प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको गए राति मृत्युु भएको हो । सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबार राति १२ः३० बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो । हत्या आरोपमा पक्राउ

खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाही माग

काठमाडौँ । एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ । राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । यही भदौ ८

बाँकेमा कोरोनाबाट ७० वर्षीयाको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो

भरतपुरको खानेपानी वितरणमा समस्या

भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ । “ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्क्रम तयार गरिएको बताउनुभयो । “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई

सिरहामा ‘फुड बैंक’ स्थापना

लहान । सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न सङ्कलन गरिरहेका छन् । ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १०र१२ सम्मले खाद्यन्नलगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिनुभयो