विश्व

भारत-चीनबीच हिंस्रक भिडन्त, २० भारतीय सैनिकको मृत्यु

काठमाडौँ । भारत र चीनबीचको बढ्दो तनाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिंस्रक भीडन्त हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको छ । यसअघि भारतका एक सैन्य अधिकृत र दुई जवानको मृत्यु भएको समाचार आएको थियो । तर न्यूज एजेन्सी एएनआईका अनुसार घटनामा २० जना भारतीय सैनिकको ज्यान गएको बताईएको छ । यो संख्या अझै बढ्न सक्ने पनि बताइएको छ । सन् १९७५ पछि पहिलोपटक भारत चीनबीच सीमामा

न्युजिल्याण्ड छोटो समयमै कोरोनामुक्त हुनुका पाँच कारणहरू

चार चरणको ७५ दिन लामो लकडाउन सकाउँदा न्युजिल्यान्डमा कोरोना सकिएको छ । न्युजिल्याण्डले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको नियन्त्रण सम्भव छ भन्ने सन्देश पनि दिएको छ । औषधी बनिनसकेको कोरोनाभाइरस नियन्त्रण गर्न सरकार चलाउनेले सनक र हचुवाका आधारमा होइन निकै सुझबुझ ढंगले कदम चाल्नु पर्छ भन्ने पाठ पनि न्युजिल्याण्डले विश्वलाई दिएको छ । न्युजिल्याण्डले ७५ दिनमै कोरोनाभाइरसलाई पूर्ण नियन्त्रणमा लिन सक्नुका मुख्य कारणहरू निम्न छन् । १.  तत्काल कडा लकडाउन

भारतमा २४ घण्टामा मात्र १० हजार संक्रमित थपिए

नयाँदिल्ली । छिमेकी भारतमा कोरोना भाइरसका कारण एकैदिनमा झण्डै दस हजार जना संक्रमित भएका छन् । भारतको सरकारी समाचार संस्था पिटीआईले जनाअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ९९६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको भारतीय र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण

दोहोरो नागरिकतामा मुछिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री अदालतद्वारा बर्खास्त

१० कात्तिक, काठमाडौं । अष्ट्रेलियाको एउटा अदालतले उपप्रधानमन्त्री बार्नाबी जोयस र अन्य चार राजनीतिज्ञहरुसँग दोहोरो नागरिकता रहेको भन्दै आफ्नो पदका निम्ति अयोग्य ठहर गरेको छ । हाइकोर्ट अफ अष्ट्रेलियाको सो ठहरपछि जोयससहित तीन जनाले कार्यालय छोड्नुपर्ने भएको छ भने अन्य दुई जुलाईमा रिटायर्ड भइसकेका छन् । अष्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका व्यक्तिले चुनाव लड्न नपाउने व्यवस्था गरेको छ । जोयसको बहिर्गमनबाट सरकारले बहुमत गुमाएको छ तर, उनी उपनिर्वाचनबाट फेरि फर्किन

इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए

९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ । टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु

१२ कात्तिक, मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो । शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट भयो । दुबै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल–शबाबले लिएको छ । सोमालियाका अधिकारीहरुले दुई हप्ता अघिको विष्फोटमा पनि

कुर्द राष्ट्रपति बर्जानीद्वारा पद त्याग

१३ कात्तिक, इराक । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानीले पदबाट राजीनामा दिएका छन् । उनले कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको नेतृत्व गर्दै आएका थिए । टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरे । तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् । कुर्दिस्तानमा २५ सेप्टेम्बरमा स्वतन्त्रता सम्वन्धी जनमत संग्रहसमेत भएको थियो । जनमत संग्रहमा ३० लाख मत आएको भन्दै बर्जानीले यस इतिहासलाई