विश्व

ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

काठमाडौँ । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स ९एडिएफ० ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो । त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

काठमाडौँ । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स ९युएई०का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गर्नु भएको छ । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु भएको थियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस कार्यबाट चिनियाँ खोपको विभिन्न

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

काठमाडौँ । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिनुभयो । यसअघिको कानूनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित

काठमाडौँ । फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौँ, बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको

अदालतले अभिनेता देवानन्दलाई कालो कोट लाउन किन लायो प्रतिबन्ध ?

काठमाडौँ, छ दशकसम्म बलिउडका फिल्ममा राज गरेका देवानन्द जस्ता अभिनेता आजसम्म देख्न नपाइएको अनुभव मानिसहरुले सुनाउने गर्छन्। किनकी उनी आफ्नो जमानाका निकै चरुचित कलाकार थिए। उनको जादू सबैका माझमा छाएकाले उनका पछाडि केटीहरू मरिहत्ते गर्थे। देवानन्दलाई एक चोटि देख्नका लागि केटीहरू मरिहत्ते गर्थे। बलिवुडका सदाबहार कलाकार देवानन्दको कालो कोटले उनलाई नै समस्यामा पारेको थियो। उनी आफ्ना जमानाका फैशन आइकन थिए, त्यही कारणले धेरै मानिसहरूले उनलाई फलो गर्ने गर्दथे। केटीहरू देवानन्दको

के कारणले रहेछन्, फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

काठमाडौँ, फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा

संसारभर कोरोनाको तेस्रो लहर, इटालीमा पुनः लकडाउन

काठमाडौँ, संसारभर देखिएको कोरोनाको नयाँ खतरालाई मध्यनजर गर्दै इटालीमा पुनः लकडाउन गरिएको छ। इटालीका अधिकारीहरूका अनुसार कोरोनाको तेस्रो लहरलाई रोक्न लकडाउन गरिएको हो। उता जर्मन सरकारको स्वास्थ्य एजेन्सी रोबर्ट कोच संस्थानका प्रमुखले जर्मनीमा कोरोनाको तेस्रो लहर पहिल्यै शुरू भइसकेको बताएका छन्। फ्रान्समा नोभेम्बरपछि हरेक दिन हजारौँ संक्रमितहरू फेला पर्न थालेका हुन्। कोरोनाको यस लहरका बीच त्यहाँ पनि लकडाउन गर्ने बारेमा विचार गरिरहेको बताइएको छ। अहिले युरोपमा दैनिक डेढ लाखभन्दा बढी

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु

काबुल, अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताउनु भएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी