मनोरञ्जन

हरिण मारेको आरोप लागेका सलमान खानलाई अदालतले बोलायो

काठमाडौँ । २२ बर्ष पहिले कालो हरिण शिकार गरेको आ’रोप मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ । अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान पेश हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा

जन्मदिनमा दीपाश्रीको भने,‘अबदेखि गल्ती दोहोर्‍याउदिनँ’ बोल्दा विचार पुर्याउछु

काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको आजबाट ४६ वर्ष लागिन्। निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो बनाएर पोस्ट गरिन्। दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है’ भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन

दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज

माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो । ३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको

रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’

आजबाट डार्क कमेडी चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । सोलो रिलिज चलचित्रले मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । यसैले पनि चलचित्रले इनिसियल व्यापार गरेको खण्डमा निर्माताको लगानी ३ दिनमै सुरक्षित हुनेछ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा नायक सौगात मल्ल अभिनित चलचित्रहरु

बेलायत उत्रिए नेपाल आइडल विजेता

कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

यी हुन् अमेरिकाकै धनीको सूचीमा परेका प्रविधि जगतका अर्वपतिहरु

विज्ञान तथा प्रविधिको क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सफल अर्वपतिहरुले यो वर्षपनि अमेरिकाका सबैभन्दा धनी ४ सय मान्छेको सूचिमा आफुहरुलाई अब्बल सावित गरेका छन् । फोब्र्सले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचि The Forbes 400 मा प्रविधि उद्योगका हस्तीहरुको बोलवाला रहेको छ । अमेरिकाका सबैभन्दा धनी चार धनाढ्य मध्ये ३ जना त प्रविधि क्षेत्रकै छन् । त्यस्तै कुल ४ सय जनामा ५९ जना प्रविधि क्षेत्रका रहेका छन् ।

५२ बर्षमा साहरुख, जान्नुहोस् उनको जीवनका १० किस्सा

बलिउडका बादशाह शाहरुख खान अहिले बलिउडका ‘एक्लो घोडा’ जस्ता छन् । हरेक उमेरका ब्यक्तिले उनलाई उस्तै प्रेम गर्छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । साहरुखको जन्मदिनको अवसर पारेर वुधबार रातीदेखि नै उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ । साहरुख भने परिवारसँग जन्मदिन मनाउन घर भन्दा बाहिर छन् । साहरुख बलिउडका यस्ता कलाकार हुन्, जो कुनै साथ र सहयोग

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

१५ कात्तिक, काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ । हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी