सुदूरपश्चिम प्रदेश

दिनेश सञ्चार गृहमा आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता

धनगढी। दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर( ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता भएको हो। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो। कार्यालयमै पुगेर कुटपिट भएको २० घण्टा पुगेपनि प्रहरीले भने कसैलाई

सुदूरपश्चिममा ९ हजार युवालाइ स्वरोजगार हुने अबसर

धनगढी । विश्वभरी नै फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका लागि कृषि कार्यक्रम संञ्चालन गर्ने तयारी भईरहेको मन्त्रालयले जनाएको छ। उक्त कार्यक्रमबाट युवाहरुलाई व्यवसायीक कृषि तर्फ आकर्षण गर्नका लागि आवेदन संकलन समेत सुरु गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुल बोहराले बताए। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौँ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी

जर्वजस्ती करणीको आरोपमा दुई जना पक्राउ

बैतडी । बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । शुक्रबार इलाका प्रहरी कार्यालय

धनगढीमा थुनामा युवकको मृत्यु प्रकरण: एसपी नेतृत्वको समितिले छानबिन गर्ने

धनगढी ।धनगढी प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । घटना छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार समितिमा २ जना प्रहरी निरीक्षकहरू

इजाकी सोराइ 

  पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा। मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा। निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा। म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा। मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन

बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो । किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को

समुदाय स्तरमै पुग्यो कोरना दार्चुलाका दुई जनामा कोरोना पुष्टि

दार्चुला । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।दार्चुलाको महाकाली नगरपालीका का एक जना र ब्यास गाउँपालीका एक जना मा कोरना पुस्टी भउको हो । दार्चुलामा हालसम्म कोरोना स‌ंक्रमितको संख्या ५६ जना पुगेको छ पछिल्लो २४ घण्टामा १ सय २७ जनाको परीक्षण गरिएकोमा दार्चुलाका दुई र बझाङका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । गत भदौ २०गते स्याव‌

आँज उसोइ छ

हुनु पड्डे बेलि भण्णा निको आज,आँज उसोइ छ। बिकिर्तिले जडो हालेको समाज,आँज उसोइ छ। चिरा फाट्यामी लिप पोत मात्तरै अरेबर काँ होलो हगुल्टा ठोस्या केइन हाल्या माज,आँज उसोइ छ। ठुलाइ मान्छ भया चेउडेनी सकन्ज्या सड्काया। कैखिलाई हो भकारिनोको नाज,आँज उसोइ छ। थाक्किगे सल्लाह रे सुझाव दिना दिना सब सयना माण्णे नै भण्या बोली बरकी लाज,आँज उसोइ छ। नबराज ओझा (दियालो)  बिज्ञान शिक्षक श्री त्रिभुवन मा.बि बोराडाडी कैलाली

धनगढीमा नेशनल लाईफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन

काठमाडौं । लकडाउनकै बीचमा धनगढीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको छ । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले आइतबार नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ । प्रमुख अतिथि रामचन्द्र तिवारीले निकट भविष्यमा सो क्षेत्रमा थप एजेन्सी कार्यालय पनि खोलिने बताए । एजेन्सी कार्यालय प्रमुख चिफ बिजनेस म्यानेजर गणेश थापाले

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक