कर्णाली प्रदेश

कर्णालीमा थपिए भेन्टिलेटर र आइसियू

कर्णाली । कोभिड –१९ का सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, दैलेख, हुम्ला र कालीकोटमा पाँचपाँच, रुकुम९पश्चिम०को चौरजहारीमा चार तथा मुगु, हुम्ला, सल्यान

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

कर्णाली । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो । हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताउनुभयो । हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण

निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर

वीरेन्द्रनगर । यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका

जंगली च्याउ खाँदा ४ जना बिरामी

काठमाडौँ । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ । आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । ‘आज विहान खबर

‘घरमै बसेर तीज मनाऔं

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ प्रतिकार्यमुखी तीज मनाउन आग्रह गर्नुभएको छ । हिन्दू धर्मावलम्बी महिलाको विशेष पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना व्यक्त गर्दै उहाँले ‘कोभिड–१९’ को सङ्क्रमणमा तीज पर्व मनाउन भीड नगरी यसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि घरमै बसेर सामाजिक, धार्मिक तथा साँस्कृतिक सद्भाव साटासाट गर्न सुझाउनुभएको छ । आज जारी विज्ञप्तिमा उहाँले भन्नुभएको