कर्णाली प्रदेश

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

सिमकोट, हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ । सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर

फोन गर्न रूखका टुप्पामा जान बाध्य छन् हुम्लाका सर्वसाधारण

काठमाडौँ, हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन। गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन्। दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए। भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६।०६७ सालमा बनेको

स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट, जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

सुर्खेतमा थप १ जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १०

कर्णालीमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालबीच फेरी विवाद सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा विवाद देखिएको छ । कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष दाहाल मंगलबार बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली प्रदेशको विवाद केन्द्रबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, दाहालले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षका बीचमा विवाद बढेको हो । प्रदेश सरकार

आफ्नै पार्टीको सरकारको निर्णय विरुद्धमा नेपालद्धारा विज्ञप्ती निकालेर विरोध

काठमाडौ।नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैमा आपत्ति जनक भएको पनि आरोप पनि उनले लगाएका छन् । बरिष्ठ नेता नेपालले विज्ञप्ति प्रकाशित गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । कोरोना माहामरीका बेला नागरिकको

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। सोमबार नै प्रमुख सचेतकबाट शाहलाई हटाई सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता

आफ्नै पार्टी बाट निर्वाचित मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित

विद्युत् सबस्टेशन निर्माणमा ढिलाइ

कर्णाली । सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । हाल सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयका अनुसार सुब्बाकुनामा १३२ केभी र जहरेमा ४०० केभी