बागमती प्रदेश

भुकम्पकाे धक्का महसुस

काठमाडौँ । शनिबार अपरान्ह दोलखालाई केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। दोलखाको जिरी नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुसस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा महसुस भएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। यसअघि भदौ ३१ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन २०७२ को गोरखा भूकम्पयताकै शक्तिशालीमध्ये एक थियो।

उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम

किन स्थगित गर्‍यो लिखित परीक्षा लोक सेवा आयोगले ?

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा,

डा.बाबुराम भट्टराई बने आजबाट जसपाको एकल अध्यक्ष !

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराइ सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णय अनुसार डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सर्वसम्मति द्वारा संघिय परिषद अध्यक्षमा चयन हुनुभएको छ । एक केन्द्रीय सदस्यले युगदर्पण पत्रीका लाई बताए । सपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।जसपाको यो

कांग्रेसले भन्योः प्रधानमन्त्रीज्यू ! नागरिकको उपचारमा संवेदनशील बन्नोस्

काठमाडौरप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीबाट सरकार पन्छिएको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले महामारीमा निशुल्क नागरिक उपचार नगर्ने भए उपचार किन चाहियो सरकार रु भन्दै प्रश्न गरेका छन् । ‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार रु प्रधानमन्त्रीज्यू संवेदनशील बन्नोस्, निर्णय सच्याउनोस् । कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले

तीन मन्त्रीका कारण फेरि टाढिए अध्यक्षद्वय

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले नेकपाको समस्या समाधान गर्न प्रतिवेदन तयार पारेपछि नेकपाको सदाबहार विवाद निमटारा लाग्ने विश्वास धेरैको थियो । कार्यदलकै सुझावलाई प्रतिवेदनको रूप दिएर स्थायी समिति बैठकमा लगिएपछि त नेकपामा थप उत्साहको सञ्चार नै भएको थियो । तर स्थायी समितिले पार्टी समस्या समाधानका लागि पारित गरेको प्रतिवेदनको मसी सुक्न नपाउँदै नेकपाको समस्या एकपछि अर्को थप बल्झिँदै जान थालेका छन् । राजदूतहरू र मुख्य सचिव

कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनको सत्ता ढाल्न लागेका यमलाल कँडेललाई काठमाडौं झिकाएपनि कुरा मिल्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ दुवै पक्षलाई राखी मनाउन खोजेपनि कुरा मिल्न नसकेसँगै यो घटनाले नेकपाभित्रको आन्तरिक राजनीतिलाई असर पार्ने देखिएको छ । कर्णाली प्रदेश केन्द्रीय सत्ताको कार्ड बनाइएको खुल्दै गएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । यमलाल कँडेल ओलीनिकटस्थ

नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै शारदीय नवरात्रको सुरुवात हुने भएको हो । दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो संस्थाप स्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ । शेयरधनीको नाममा रहेको २६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

१५ कम्पनीको आईपीओ सेयर आउँदै

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ रु हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एउटा कम्पनी (सानिमा जनरल इन्स्योरेन्स )ले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यो कम्पनीले आउँदो बुधबार ९असोज २१० देखि सेयरका लागि आवेदन संकलन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय