धर्म/संस्कृति

नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै शारदीय नवरात्रको सुरुवात हुने भएको हो । दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै

पानी भरिएपछि यस्तो देखियो रानीपोखरी

काठमाडौँ । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ । पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब

आजबाट काठमाडौं उपत्यकामा सबै पसल खोल्न पाइने, हेर्नुहोस विज्ञप्ती

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ । तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ । असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टलाई पूर्ण सञ्चालनका लागि अनुमति दिइएको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक

सांस्कृतिक स्थल खुला गर्न माग

काठमाडौँ । विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो । बौद्धनाथ, स्वयम्भूनाथ,

घरमै बसेर जितिया मनाउँदै थारु महिला

भरतपुर । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका

इजाकी सोराइ 

  पर्भात अनाराई न्वालाहै पानी ल्याउन्थिन मेरी इजा गाइ दुनाइलाइ बाच्छो खोइबर प्याउन्थिन मेरी इजा। मेरो चेलो पढिबर ठूलो मान्छ बनलो भण्णे आशाले ख्वाइ चुठाइबर स्कुल जानाइ बट्याउन्थिन मेरी इजा। निका बाटा लाग्दु पडन्छ खराब कर्म जन अरेइ भणी बिगाड अरेबर नैअद्दुहो भणी सम्झाउन्थिन मेरी इजा। म मरेबर मेरी क्रिया अरलै बा तेरो ब्रत अरन्छु भणी बिरामी बढेका बेला मलाइ अत्याउन्थिन मेरी इजा। मेरो तिमीलाको फूल भणीबर भौत माया अरन्थिन

जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिँदै

जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् । सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशयमा स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना ९खरी० चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । आजकै दिन सधवाले कोदो ९मरूवा० रोटी र माछा खाने गर्दछन्, जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी ९कोसा

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

‘ललीतपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो । आज बिहानैदेखि १९ आँै जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र

महँगो छ गाईबाच्छाको उपचार

काठमाडाैँ । सडकमा छाडा छाडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महँगो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारी साधनबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महँगो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारामा पर्दै गएको छ । शहर बजारबाट घाइते गाईबाच्छा आउने क्रम जारी छ । बितेको एक महिनामा सडक दुर्घटनामा गम्भीर घाइते बनेका आधा दर्जन गाईबाच्छाको सेवा गर्ने अवसर मिलेको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो

‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गर्नुभएको छ । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।” चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा