बिमा

राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशीका, बैंकवित्तले कर्जा अवधिभर व्याज बढाउन नपाउने

काठमाडौँ । व्याजदर परिवर्तन गर्ने, व्याज बढाउने, तरलताको आधारमा व्याजदर निर्धारण गर्ने बैंकवित्तलाई नेपाल राष्ट्र बैंकको नयाँ निर्देशीकाले यस्तो कार्यमा रोक लगाएको छ । केही समयअवधिका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले मंगलबार नयाँ निर्देशीका जारी गरेको हो । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकवित्तले व्याज परिवर्तन गर्न पाउने छैनन् । जस अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी

धनगढीमा नेशनल लाईफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन

काठमाडौं । लकडाउनकै बीचमा धनगढीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको छ । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले आइतबार नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ । प्रमुख अतिथि रामचन्द्र तिवारीले निकट भविष्यमा सो क्षेत्रमा थप एजेन्सी कार्यालय पनि खोलिने बताए । एजेन्सी कार्यालय प्रमुख चिफ बिजनेस म्यानेजर गणेश थापाले

रिलायन्स लाईफको शेयर नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेन्ज ?

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ आज नेप्सेमा सूचिकृत भएको छ । नेप्सेले सो कम्पनीको दुई करोड १० लाख कित्ता प्राथमिक शेयर सूचिकृत भएको जनाएको छ । सो मध्ये ६३ लाख कित्ता सर्वसाधारण समुहको हो भने एक करोड ३७ लाख कित्ता शेयर संस्थापक समुहको हो । रिलायन्स लाईफको शेयर कारोबार सम्भवतः भोलिबाट हुनेछ । ओपनिङ रेन्ज न्यूनतम १०७।५९ देखि अधिकतम ३२२।७७ रुपैयाँ तोकिएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल

अभिकर्ताको एजेन्सी कोडबाट रकम गायब, बीमा समितिमा उजुरी

काठमाडौं । बीमा कम्पनीको एजेन्सी कोडबाट रकम गायब हुन थालेका छन् । एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बुटवलका अभिकर्ताले आफ्नो एजेन्सी कोडबाट रकम नै गायब भएको गुनासो सहित बीमा समितिका उजुरी दर्ता गराएका छन् । बुटवलका लिला घिमिरेले गत मे १२ तारिखमा आफ्नो एजेन्सी कोड नं १२८४५३०२ मा यस वर्ष १२ लाख ७५ हजार रुपैयाँको व्यापार दर्ता गराएका थिए । जब साउनको अन्तिम साता एजेन्सी कोड पुनः अर्को व्यवसाय दर्ता गराउन

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो, बैकं,बिमा र सहकारी बिहान ११ बजे देखी दिउसो २ बजे सम्म खोल्न पाउने

धनगढी– कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्। बैक,बिमा र सहकारी हरुको हकमा भने बिहान ११ बजे देखी दिउसो २ बजेसम्म मात्र कार्यालय संचालन गर्नपाउने ब्यबस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने

नयाँ११ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोडको आइपिओ आउँदै कसको कती

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको ६ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्नेछ । नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा

सूर्या लाइफकाे लाेभलाग्दाे प्रगति

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सले चौथौ त्रैमाससम्मा बीमा शुल्कसँगै नाफामा पनि वृद्धि गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन गत बर्षको सोहि अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १४ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० करोड

आइएमई लाइफको सिईओ बन्दै कवि फुयाँल

काठमाडौँ । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाइफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । आईएमई लाईफमा जान लागेका फुयाँलले सिटिजन लाईफबाट राजिनामा दिएका छन् । राजिनामा दिएसँगै कम्पनीले आफ्नो वेभसाईटबाट फुयाँलको नाम, फोटो हिजोदेखि हटाएको छ । स्रोतले हिजो उनको राजिनामा स्वीकृत

सूर्या लाइफले गर्याे आफ्ना सबै कर्मचारीको काेरोना बीमा

काठमाडौँ । सूर्या लाइफ ईन्स्याेरेन्स कम्पनीले अाफ्ना सम्पूर्ण कर्मचारीहरूकाे काेरोना बीमा गरेको छ । कोरोना महामारीका कारण जनमानसमा फैलिँदै गएकाे त्रासबाट मुक्त भई महामारीको याे समयमा पनि कम्पनीकाे कार्य कुशलतापूर्ण तरिकाले सुचारू राख्न एवं निर्धक्क भई कार्यसम्पादन गर्नका लागि काेरना बीमा गरिएकाे सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताउनु भयो । “कोरोना संकटको बेला कर्मचारीहरूकाे मनाेबल उच्च राखी केही मात्रामा भएपनि काेरना भाइरसकाे त्रास कम गर्न सकिने कर्मचारीहरूको

कोरोना बीमा गरेका दुई जनामा कोरोना पुष्टि, दावी भुक्तानी प्रक्रिया सुरु

काठमाडौँ । कोरोना बीमा गरेका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका काठमाडौं बाहिरको शाखामा कार्यरत कर्मचारी र आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका एकजना चिकित्सकमा कोरोना पुष्टि भएको हो । आईएमई जनरल इन्स्योरेन्समार्फत बीमा गरेका बुटवलस्थित एक सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार दाबी भुक्तानीको लागि कम्पनीमा प्रक्रिया अघि बढाइसकिएको छ । बीमक संघले भने नेको