उषाकिरण आजाद

कविता - मेरो देशको सरकार

गर्ने गर्दैन त्यो नगर्ने गर्छ माथि चढ्नुपर्ने ठाउँमा तल झर्छ, तल झर्नुपर्ने ठाउँमा माथि चढ्छ देखाउने चीज छोप्छ र छोप्नुपर्ने चीज देखाउँछ ओढ्नेलाई ओछ्याउछ र ओछ्याउनु पर्ने ओड्छ, मेरो देशको सरकार । स्कुल, अस्पताल मासेर मन्दिर बनाउँछ बस्ने छानो उडाएको रमिता हेर्दै मन्दिरको चाँदीको छानोमा सुनको जलप लगाउँछ नियन्त्रणमा लिँदैन कोरोना तर नियन्त्रणमा लिन्छ पत्रकार मेरो देशको सरकार खानुपर्ने थुक्छ र थुक्नुपर्ने खान्छ थुकेको चाट्छ र चाटेको थुक्छ अपराध र