युग दर्पण

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

काठमाडौं। इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । इजरायल सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको हो । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् । इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये

गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने

धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको

हाकिमकाे टर्चरपछि इन्भेष्टमेन्ट मेगा बैंकका   शाखा प्रमुखले  त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंकका हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन । सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्याहत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा

बझाङ मा  ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, जयपृथ्वी  राजमार्ग अबरुद्ध

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण

शैल्यशिखरका पूर्वमेयर र उनको टिमले फिर्ता गरेन लाखौँ मूल्य बराबरको सरकारी समान

दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्वमेयर अमरसिंह धामी र उनको टिममा काम गरेका उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले अझैसम्म पनि सरकारी समान फिर्ता नगरेको भेटिएको छ। मेयर धामीले मात्रै ६ लाख भन्दा बढीको सरकारी समान फिर्ता नगरेको भेटिएको हो। मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा,

चर्चित नायक अनमोल केसी पक्राउ

काठमाडौं ,चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको

प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको  एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने

काठमाडौ ,नेपाल बीमा प्राधिकरणले  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्रचार गरेको हो । प्राधिकरणले पत्रमा  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०/०६/२५ गते बाट IRMIS System मा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने उल्लेख गरेको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि IRMIS System मा दर्ता प्रक्रिया मिति २०८०/०६/२९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक । तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन ? पोषणविद् कामना आचार्य भन्छिन्, ‘मोबाइल

बच्चा जन्माउन गएकी महिलाको धनगढीको केजी हस्पिटलले पाठेघर झिकेपछि……….

धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले *राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो । बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा