बैतडीको झौलेकमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु


बैतडी ,बैतडीको पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यू भएको छ । अहिले प्रमुख जिल्ला अधिकारी नृतृत्वको टोली घटनास्थलमा पुगिरहेको छ ।

झुलाघाटबाट बझांगको बागथला तर्फ गैरहेको से १ ज ७६४ नम्बरको जीप राती ११बजे दुर्घटना प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपको पछाडी सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक सहित १२जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् ।

प्रहरी घटनास्थलमा पुगेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *