कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार दार्चुलाका पत्रकार धामीलाई


दार्चुला । कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ लिम्पियाधुरा रास्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक एवम अन्नपूर्ण पोष्ट दैनिक दार्चुलाका सम्वाददाता सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई दिइएकाे हाे । धामी नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सचिवसमेत हुन् ।

मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस वर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदन बडालले जानकारी दिए । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताए । पत्रकारितामा लागेको एक दशकपछि पत्रकार धामीले सिर्जनशील पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका हुन् । २०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *