सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि बीमा प्राधिकरणले दियाे अन्तिम स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ ।

पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन गरे सँगै नेपाल बीमा प्राधिकरणले पनि दुबैलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

नेपालको इतिहासमा यो पहिलो सफल मर्जर हो । विभिन्न कम्पनीहरुले यस भन्दा अगाडी मर्जरको संझौता गरेता पनि सफल हुन सकेको थिएन । यस पछि अन्य कम्पनीहरु पनि मर्जरको प्रकृयाँमा लागिरहेका छन् । निर्जीवन तर्फ भने दुई वटा सफल मर्जर भइसकेको छ । तर जीवन तर्फ एउटा पनि मर्जर सफल हुन सकेको थिएन । निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जर गर्न जति सजिलो छ जीवन तर्फ धेरै गाह्रो पर्ने विश्लेषण हुँदै आएको थियो । तर ज्योति र सूर्याले मर्जर हुन सक्छ भनेर पहिलो उदाहरण बनाउन सफल भएको छन् ।

सूर्या र ज्योति विचमा एक बराबर ०.८२.४५ को अनुपातमा मर्जर भएको हो । मर्जर पछि सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुग्नेछ । दुबैले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिएको हुँदा गत आर्थिक वर्ष २०७८/७९ सम्म कायम जगेडा कोषबाट लाभांश दिने वित्तीकै सजिलै ५ अर्ब पुर्याउन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *