सुनियोजित रुपमा हत्या गरिएका सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल


काठमाडौं । सुनियोजित रुपमा हत्या पछि रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

यसरी बीमा समितिका अध्यक्ष सिलवालकै हातबाट दाबी भुक्तानी गरिएको बीमा अन्ततः हत्याबाट सिर्जित घटन पुष्ठी भएको छ । केन्द्रिय अनुसन्धान व्युरोको अनुन्धानबाट मृतक बीमित सर्जन विक सुनियोजित हत्याको सिकार भएको खुलासा भएको छ । यसरी अपराधिक कार्यमा पनि साक्षी हुनु पर्ने अवस्थामा समितिका अध्यक्षले यस्ता दुर्घटना दोहोरिन नदिन पहल कदम अपनाउनु पर्नेछ । साना साना कार्यक्रममा पनि उपस्थिति हुने बीमा समितिको कार्यशैलीले यस्तो अवस्थामा नराम्रो कामको साक्षी बन्न पुगेको छ ।

बीमित सर्जन वि.क.को श्रीमति भनिएकी सपना मल्लले बीमा कम्पनीबाट दाबी पाउनकै लागि सक्कली काजपत्रका साथ नक्कली बिवाह गरेको पाइएको छ । उनले वास्तविक रुपमा बिवाह नगरी कागजी बिवाह गरेको पाइएको छ । उनि सहित अन्य ५ जनाको संलग्नतामा यस्तो अपराध भएको पाइए पछि आज सिआईबीले घटना सार्वजनिक गरेको हो । कम्पनीले दाबी भुक्तानीका लागि आवस्यक सम्पुर्ण काजगपत्र पुरा गरेको भन्दै उक्त दाबी भुक्तानी गरेको थियो ।

तर नेपाल पुनर्बीमा कम्पनीले आफ्नोमा पुनर्बीमाको दाबी परे पछि संका गर्दै सिआइवीमा उजुरी दिएको थियो । कम्पनीले यो सामान्य घटना नभई सुनियोजित दुर्घटना भएको हुन सक्ने संका गर्दै सिआईबीमा उजुरी दिए लगत्तै अनुसन्धान सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *