जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु


धनगढी ।टीकापुर अस्पतालमा जनरल सर्जन सेवा शुरु भएको छ । जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु भएको हो । यसअघि विर अस्पताल काठमाण्डौमा कार्यरत भट्ट सरुवा भई टीकापुर अस्पताल आउनु भएको हो । अव टीकापुर अस्पतालबाट जनरल एण्ड जिआई सर्जरीको सबै सेवा प्रदान हुने डाक्टर भट्टले जानकारी दिनु भयो । त्यस अन्र्तगत हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा रतग तथा पानी भरीएको लगाएतका समस्याको अप्रेसन पर्ने गर्दछन् । अवको केहि दिनमै मेसीन आएपछि ल्याप्रोष्कोपीको माध्यामबाट पनि अप्रेसन गरीने डाक्टर भट्टले बताउनु भयो । उहाँका अनुसार यो अप्रेसन भनेको चिरफार नगरी मेसीनद्धारा सानो प्वाल पारी गरिने अप्रेसन हो । भट्ट आएसंगै टीकापुर अस्पतालमा अव ८ जना विशेषज्ञ डाक्टर भएका छन् । ९ ओटा सरकारी दरबन्दि रहेको टीकापुर अस्पतालमा २ जना सरकारी दरबन्दि र बाँकी ६ जना स्थानीय तह तथा अन्य क्षेत्रबाट सुबिधा प्राप्त गर्नेगरी काम गरीरहेका छन् । टीकापुर अस्पतालमा अव जनरल सर्जन, अर्थो, बालरोग, स्त्री तथा प्रसुती, एनेष्थिएसीया, एमडीजीपी सेवा उपलब्ध रहेको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीेले जानकारी दिनु भयो । यसपछि अस्पतालको गुरुयोजना बनाई अहिले ५१ शैया रहेको अस्पतालको स्तर उन्नती गरी ५१ शैया थप्ने तयारी भइरहेको पनि अध्यक्ष सोडारीेले बताउनु भयो ।  @  Tikapurfm बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *