लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुल्सीपुर बसपार्क बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।

विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर लगिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले नेपालखबरलाई बताए।

राज्यमन्त्री वलीले मंगलबार बिहान अर्काको घरमा छिरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा घरका मानिसहरुहरुले रुदै आफूमाथि मन्त्रीबाट कुटपिट भएको गुनासो पोखेको सुनिएको छ ।
एकराज नाम गरेका व्यक्तिलाई खोज्दै मन्त्री वली त्यहाँ पुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *