बिरामीको मृत्युु पछि पद्मा अस्पतालमा तोडफोड ,सेवा सुचारु, मृतकका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिईयो


धनगढी। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको अस्पतालको उपचार सेवा सुचारु गरिएको छकैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । बोहराको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरण लगायत अस्पताल भित्र समेत तोडफोड गरेको अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए ।

शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ।सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको हो । तोडफोडका कारण अस्पतालमा ८० लाख रुपैयाँको क्षति भएको बताउँदै प्रमुख डाक्टर मौनीले उपचारमा संलग्न कसैलेपनी लापरबाही नगरेको र सत्यतथ्य नबुझेर अस्पतालमा तोडफोड गर्नु गलत भएको बताए।

आक्रोशित स्थानीयले अत्तरिया बजारमा यातायातका सवारी साधन समेत ठप्प पारेका थिए। उनीहरुले अस्पतालका डाक्टरहरुको लापर्बाहीका कारण बोहराको मृत्यु भएको भन्दै क्षतिपूर्ति तथा अनुसन्धान गरी दोषीलाई सजायको माग राखेका थिए।।सहमतिपछि शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि आफन्तले बुझेर शनिवार साँझनै गोदावरी स्थित आर्यघाटमा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।State7 बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *