झण्डा सहित अभिवादन टक्राउँने प्राध्यापकलाई कारर्बाही गर्न नेविसंघले बुझायाे ज्ञापनपत्र


महेन्द्रनगर । विश्वविद्यालयका प्राध्यापकहरुले नेकपा एमालेको झण्डा सहित अभिवादन टक्राउदै गरेको सामुहिक तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि सुदूर पश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले केन्द्रीय क्याम्पस र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कारर्बाहीका लागि ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका पूर्व उपाध्यक्ष बिक्रम बुढा सहितको समुहले सुदूरपश्चिम विश्वविद्यालयमा राजनीतिमा लिप्त प्राध्यापकहरुलाई कारर्बाही गर्न माग राख्दै केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्द र सिडिओ राम प्रसाद पाण्डेयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आसन्न निर्वाचनको घडीमा सुप विश्वविद्यालयको महत्तवपूर्ण जिम्मेवारीमा रहेका प्राध्यापकहरु खुल्मखुल्ला पार्टीको झण्डा सहित अभिवादन टक्राउन थाले पछि विद्यार्थी संगै अभिवावक वर्गमा तरङ्ग आएको छ । विश्व विद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकले त्यसरी पार्टी झण्डानै बोकेर हिड्न नहुने स्थानीय बुद्धिजिविहरुको भनाई छ । प्राध्यापकले विद्यार्थीहरुलाई पढाउन छोडेर पार्टीको झण्डा बोक्दै राजनीतिमा लाग्नु अनैतिक र गैरकानूनी कार्य हो ।

सुप विश्वविद्यालयका उक्त प्राध्यापकहरुको चौतर्फी आलोचना भइरहेको छ । पार्टीगत भागबण्डाले थिलथिलो भएको सुप विश्वविद्यालयमा पछिल्लो ‘झण्डा सहितको अभिवादनले’ झनै तरङ्ग ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *