सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता


विराटनगर। सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता भएको छ ।
सिद्घार्थ बैंक लिमिटेडले २०७८ चैत्र ९ गते बुधबार विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल ज्यू र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेल ज्यूले हस्ताक्षर गर्नुभएको हो ।

 

कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पु¥याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाइ सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *