किन माग्याे राष्ट्र बैंकले मेगा बैंकसँग स्पष्टीकरण?


काठमाडौं । राष्ट्र बैंकले नपाकेको ब्याज दिँदै निक्षेप तानेको रोक्न र थप स्पष्टीकरण मागेको छ। मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११।०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि तोकिएको परिमाणमा निक्षेप राखे अग्रिम ब्याज भुक्तानी गर्ने योजना ल्याएको थियो । सोही अनुसार केही ग्राहकलाई भुक्तानी समेत दिएको उजुरी नेपाल बैंकर्स संघमा परेको थियो ।

बैंकले फागुन १ गतेदेखि निक्षेपकर्तालाई सर्वाधिक ब्याजदर ११.०३ प्रतिशतमा ३ महिनाभन्दा बढीको लागि तोकिएको परिमाणमा निक्षेप राखे अग्रिम ब्याज भुक्तानी गर्ने प्रतिबद्धताका साथै केही ग्राहकलाई भुक्तानी समेत दिएको उजुरी नेपाल बैंकर्स संघमा परेको थियो ।बन्द गरिएको स्कीम अहिले पुन मेगा बैंकले सुरु गरेको सूचना प्राप्त भएपछि सम्बन्धित सुपरीवेक्षण विभागबाट स्पष्टिकरण सोधिएको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *