बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सिकाउँदै घरघरै पुग्यो गरिमा बिकास बैंक


टीकापुर। गरिमा बिकास बैंकले कोरोना को कहर कम भए सँगै आफ्ना कोहलपुर क्लस्टरका १२ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ ।

सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको भुरीगाँउ शाखा प्रमुख यादव प्रसाद पन्त ले जानकारी दिनु भयो।

सँगै कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाफ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

यस्तो कार्यक्रम ग्रामीण तथा सहर क्षेत्रका वासिन्दालाई विशेषगरी वित्तीय पहुँच नभएका हरु लाई लक्षित गरी आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुका उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा पनि संचालन गर्ने बैंकको योजना रहेको छ।

बैंकले संचालन गरेको यस घरदैलो सेवा कार्यक्रमबाट बैंकका ग्राहकहरु लगायत सर्वसाधारण पनि लाभान्वित हुनुभएको बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *