पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ


काठमाडौंः पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्।
शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ।
चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए। आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *