रौतहटको देवाही गोनाहीमा बालिका डुबेर मृत्यु


रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ। पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो ।  देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर  बालिका साहको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको बताए । यस अघि  देवाही गोनाही  ७ का वडा अध्यक्ष जगरनाथ यादवको  निर्माणधिन पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको थियो। घोंगी  लिन पोखरीमा गएकी  कटहरिया नगरपालिकाको वडा नम्बर ६ का १० बर्षिय निशु कुश्वाहा र बृन्दावन नगरपालिकाको वडा नम्बर २ का १४ बर्षिय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख श्रीराम भण्डारीले जानकारी दिएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *