मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु


काठमाडौँ, नासों गाउँपालिका–३ मा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। शनिबार राति खोत्रोमा भएको दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने उपचारका लागि लमजुङ लैजाने क्रममा थप २ जनाको र उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका–४, ओडार गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो। मृतक लियोन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्। त्यसैगरी सो दुर्घटनामा घाइते भएका ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि लैजाने क्रममा बाटोमानै मृत्यु भएको हो।

उपचारकालागि चितवन लगिएका अन्दाजी ४ वर्षीय थियोन गुरुडको उपचारकै क्रममा मृत्यु भएको छ। गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका–४ का अन्दाजी ६ वर्षीय नियोल गुरुङलाई जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *