ससुराली जाँदा मुख्यमन्त्री राई हेलिकप्टरमा सरर…


काठमाडौँ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली पुगेका छन्। मंगलबार बिहान उनी आफ्नी श्रीमती जाङ्मो शेर्पासहित ससुराली संखुवासभा पुगेका हुन्।

उनीकी श्रीमती शेर्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु हेलिकप्टर चार्टर गरेर संखुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित सेदुवार नर्गुको समेत भ्रमण गरेको जानकरी दिएकी छन्।

उनले श्रीमान् राईसहित परिवारका सबै जना सँगै हुँदा खुसी लागेको प्रतिक्रिया दिएकी छन्। साथै गाउँमा मुख्यमन्त्री राईसहित आफूहरुलाई स्थानीयबासीले न्यानो सहयोग गरेको बताएकी छन्।

गाउँमा विद्युयत, सडक, शिक्षा, स्वास्थ्यसहित सञ्चारको पहुँचले जनतालाई जोड्न बाँकी रहेको बताएका छन्। उनले यो भनिरहँदा गाउँमा सामान्य सेवाहरुसमेत नपुगेको स्पष्ट भएको छ।

मुख्यमन्त्री राई भने आफ्नो प्रदेशका गाउँमा शिक्षा, स्वास्थ्य, शिक्षा, सडकको पहुँच पुर्याउनु भन्दा हेलिकप्टर चार्टर गरेर घुमफिर गर्न व्यस्त देखिन्छन्। ओली सरकारका मन्त्रीहरु विभिन्न कारणले चर्चामा रहिरहँदा मुख्यमन्त्रीले फेरि चर्चामा आएका छन्। उनले हेलिकप्टर चार्टर गरेर ससुराली गएको सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुगेको छ। केही महिनाअघि उनले राजकीय सम्मानका साथ विवाह गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *