जान्नुहोस आकर्षक देखाउने ५ चीज


काठमाडौँ, ।औपचारिक कार्यक्रममा आफ्नो लुक्सलाई आकर्षक र स्टाइलिस बनाउने हरेकको चाहना हुन्छ । तर सबैसंग प्रत्येक कार्यक्रमका लागि नयाँ–नयाँ ड्रेस नहुन सक्छ । तर तपाईसंग यी पाँच सामाग्री हुन जरुरी छ, जसले तपाईंको लुक्स आकर्षक, स्टाइलिस र स्मार्ट बनाउन सहयोग गर्छ ।

सेतो रंगको शर्टः
सेतो रंगको बटन–डाउन शर्टले राम्रो लुक्स दिन्छ । तपाईले यो शर्ट लगाएर इन्टरभ्यु र अफिसियल काममा सहभागी हुुन सक्नु हुन्छ । यो शर्टलाई तपाईंले फर्मल ट्राउजरसंग लगाउन सक्नु हुन्छ । सेतो शर्ट जिन्ससंग लगाउँदा झनै आकर्षक देखिन्छ ।

लिटिल ब्लक ड्रेसः
लिटिल ब्लक ड्रेस आफैमा क्लासिक पिस हो । यो ड्रेसमा तपाईंले औपचारिक बैठकको लागि लगाउन प्रयोग गर्न सक्नु हुन्छ । यदि यो ड्रेसमा तपाई थप आकर्षक र स्टाइलिस देखिन चाहनु हुन्छ भने स्टेटमेन्ट गहनाहरू प्रयोग गर्न सक्नु हुन्छ ।

सनग्लासः
सनग्लास तपाईसंग पक्कै होला । कैट आई, ओभर–साइजको वा तपाईंको अनुहारमा सुहाउने किसिमको । तपाईं कतै बाहिर जाँदै हुनुहुन्छ भने यो बोक्न नबिर्सिनु होला । खासगरी तपाईको निन्द्रा नपुगेको अवस्थामा सनग्लास लगाउन सक्नु हुन्छ, जसले तपाईंको लुक्स स्टाइलिस बनाउन सघाउँछ ।

सेतो स्नीकरः
सेतो स्नीकर प्रायःसंग हुन्छ । तपाईंसंग पनि पक्कै होला । यो स्नीकर तपाईको लागि सबै आउटफिट ड्रेससंग लगाउन सक्नु हुन्छ । यो स्नीकरले तपाईको लुक्स थप आकर्षक बनाउँछ ।

हाते घडीः
मोवाइलको प्रयोगले हाते घडीे हराउन थालेको छ । तर, हाते घडीे पनि लुक्स थप आकर्षक बनाउने सामग्री मध्ये एक हो । तपाईं कुनै किसिमको ड्रेससंग हाते घडी लगाउन सक्नु हुन्छ । तपाईंलाई हातमा कुनै गहना लगाउन मन छैन भने हाते घडी लगाउन सक्नु हुन्छ । तपाईंले घडी आउटफिट ड्रेसमा लगाउन सक्नु हुन्छ, जसले तपाईको लुक्स थप स्मार्ट बनाउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *