बलात्कारको झुटो आरोप लगाउने महिलालाई सुर्खेत अदादतले दियो ३ वर्षको कैद सजाय


सुर्खेत । जिल्लामा बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद सुनाइएको छ। जिल्ला अदालत सुर्खेतले सोमबार वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो।

आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने महिलाविरुद्ध न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सजाय सुनाएको हो। ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *