सांसद चौधरी ले पाइन पुरस्कार


काठमाडौँ, एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाइ सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सो पुरस्कार भर्चुअलरुपमा ग्रहण गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आउनुभएकाले उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ ।
नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष सांसद चौधरी विगत दुई दशक यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
सांसद चौधरीले ग्रामीण महिला तथा विपन्न महिलालाई सीपमूलक तालीम उपलब्ध गराउनुुपर्नेमा जोड दिँदै त्यसले उनीहरुलाई आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताउनुुभयो । उहाँले कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले अब दक्षिण एसियाकै महिलालाई एकीकृत गरी त्यस क्षेत्रका समग्र महिला उद्यमशील बनाउने विश्वास व्यक्त गर्नुुभयो । नेपाल र भारतबीच पारस्परिक सम्बन्ध रहेकाले दुवै देशका महिला उद्यमीबीच आत्मनिर्भरता र आर्थिक सम्मुन्नतिका लागि यस्ता संस्थाले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *