महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा


काठमाडौं । महानयायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्रीको कानुनी सल्लाहकारको पदबाट राजीनामा दिएका छन् । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वोचच अदालतमा काम गर्न नसकेको भन्दै झपारेका थिए ।

उनले झपारेपछि पदबाट राजीनामा दिएको बुझिएको छ । तर, उनको राजीनामा भने स्वीकृत गरिएको छैन । राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर हुने र रक्षात्मक अवस्थामा पुग्ने भएकाले उनको राजीनामा भने प्रधानमन्त्रीले स्वीकृत गरेका छैनन् ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने भन्‍दै राजीनामा बुझाएका हुन् । यद्यपी उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए ।

उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वअनुमान गर्न सकिन्‍छ । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।

महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्रीको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *