संसद विघटन सफल भएन – प्रधानमन्त्री ओली


काठमाडौँ । आफ्नो नेतृत्वको सरकार गठन भएको ३ वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरूले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि गरेको प्रतिनिधिसभा विघटन सफल नभएको बताएका छन्।

आज प्रधानमन्त्री एवं मन्त्री परिषदको कार्यालय सिंहदरबारको मूल भवनमा सारेको दिन, भवनको उद्घाटनलगतै आफ्नो नेतृत्वको सरकारको ३ वर्षीय कार्यकालको समिक्षा प्रधानमन्त्री ओलीले गरेका हुन्। कार्यकालको समिक्षा गर्ने क्रममा उनले भने, केही नेताहरूको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर मैले प्रयास गरेको भए पनि त्यो प्रयास सफल हुन सकेन।

प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको टिप्पणी गरेका छन्। सरकारले ल्याएका विधेयकहरू छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस हुन नदिने र भइहालेमा सुनुवाइ समितिमा अड्काउनेजस्ता कामहरू भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *