माघ १४ बाट कोरोनाको खोप लगाउन सुरू हुन्छ – प्रधानमन्त्री


काठमाडौँ– कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए ।मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।

पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *