कलाकार अमिताभ बच्चनलाई कारबाही गर्न माग


काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनमाथि हिन्दु भावनालाई चोट पुग्ने अभिव्यक्ति आरोप लागेको छ ।

महाराष्ट्रका बिजेपी नेताले अमिताभ र कौन बनेका करोडपति का निर्माताविरुद्ध हिन्दु भावनामा चोट पुराएको भन्दै कारबाही गर्न माग गरेका छन् ।

नेता अभिमन्यु पावरले एसपी निखिल पिंगलेलाक्ष्ए दिएको उजुरीमा अमिताभ र सोनी इन्टरटेनमेन्ट टिभीमा शुक्रवारको कर्मबीर स्पेशलमा सोधिएको प्रश्नलाई लिएर कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

२ पेज लामो उजुरीमा लेखिएको छ, हिन्दु र बौद्ध धर्मालम्बीका बीचमा कलह पैदा गर्ने प्रयास भएको छ ।

एपिसोडमा सामाजिक अभियान्ता वेजवाडा विल्सन र अभिनेता अनूप सोनी हट सीटमा थिए । अभिताभले ६ लाख ४० हजार रुपैयाँ जित्नका लागि

यो प्रश्न सोधेका थिए २५ डिसेम्बर १९२७ को डा। बीआर बंबेडकर र उनको अनुयायीले कुन ग्रन्थको प्रति जलाएका थिए ? ए) विष्णु पुराण, बि) भागवत् गीता सी) ऋगवेद र डी) मनुस्मृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *