कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु


पोखरा । पोखरमा (कोभिड १९)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड १९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो ।

पोखरा १० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक ड. अर्जुन आचार्यले बताउनु भयको छ ।

स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *