कास्कीमा निषेधाज्ञा खुकुलो


पोखरा । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार शनिबारदेखि जोर गते जोर नम्बर भएका सवारीसाधन र बिजोर बार बिजोर नम्बर भएका सवारीसाधन बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म सडकमा गुड्न पाउने छन् । विद्यालयलगायतका शैक्षिक संस्था, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्विमीङ पुल, ब्यूटी पार्लर, शैलुनलगायतका सेवा तथा स्थलहरु भने सञ्चालन अनुमति दिइएको छैन ।

समुदायस्तरमा सङक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले कास्कीमा यही भदौ ३ गतेदेखि सात गतेसम्म र पुनः दोस्रोपल्ट आजसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म दुई हजार ३६ जनामा संङ्क्रमण देखिएको छ । आज मात्र ३१ जना सङक्रमित देखिएका छन् । आज थप एक जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या १० पुगेको छ । हालसम्म एक हजार छ सय ७२ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *