घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?


काठमाडौं । सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको ९७ हजार ६ सय रूपैयाँ प्रतितोलामा कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको सुरूदेखि नै घटेको सुनको मूल्य बिहीबार बढेको भए पनि शुक्रबार पुनः घटेको हो। मंगलबारका सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा ५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *