राष्ट्रियस्तरका विकास बैंकको नाफा झण्डै २५ प्रतिशतले घट्यो


काठमाडौँ। गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २६.६१ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका राष्ट्रिय स्तरका विकास बैंकले गत आवमा कम २ अर्ब ७५ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आवको तुलनामा गत आवमा ९९ करोड ८९ लाख रुपैयाँ कम हो ।

नेपालमा हाल ८ वटा राष्ट्रियस्तरका विकास बैंक सञ्चालनमा छन् । राष्ट्रियस्तरका ३ वटा विकास बैंकहरुको खुद नाफा आर्जन ‘क’ वर्गको सिभिल बैंकको भन्दा बढी छ । जसमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा सिभिल बैंककोभन्दा बढी छ ।

सिभिल बैंकले गत आव २०७६/७७ मा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरु मुक्तिनाथले ६५ करोड रुपैयाँ, गरिमाले ५३ करोड ९३ लाख रुपैयाँ र साइन रेसुङ्गाले ४७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यस्तै, कोरोनाको कहरमा पनि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३.३९ प्रतिशत र महालक्ष्मी विकास बैंक १.१२ प्रतिशतले खुद नाफा बढाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *